पोखरा । पोखरा महानगरपालिका वडा १५ द्वारा आयोजित वडा १५ स्तरीय पुरुष तथा महिला डबल्स ब्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेशप्रसाद श्रेष्ठ र धनराज गुरुङको जोडीले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ र युवराज गुरुङको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधि जितेको हो ।
महिलातर्फ तुलसी फगामी पुन र टिकिसरा गर्वुजा तामाङको जोडीले लिलादेवी शेरपञ्जा र सुशीला पुर्जा पुनको जोडीलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्नुभयो । पुरुषतर्फ खुमबहादुर गुरुङ र हरिबहादुर आले तथा मनिष गुरुङ र सफल थापा मगरको जोडीले तृतीय स्थान प्राप्त गर्नुभयो । महिलातर्फ दिलकुमारी रोन्जिता र हरिमाया थापा तथा गंगा नापित र विमला थापाको जोडी तृतीय हुनुभयो ।
विजयी खेलाडीहरूले क्रमशः सात, पाँच र तीन/तीन हजार नगदसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले एक समारोहका बीच विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
खेल संयोजकसमेत रहनुभएका वडा सदस्य आशिष भण्डारीले वडाको सफलतामा जनप्रतिनिधिको मात्र नभई जनताको पनि उत्तिकै सहकार्यको खाँचो रहेको औँल्याउनुभयो । कार्यक्रममा मितेरी टोल विकास संस्थाका सल्लाहकार मोती पोखरेल, वडा सदस्यहरू सेतीमाया गुरुङ, मन्दिरा परियार, बलराम पौडेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच