पदक विजेता वादोरियो कराते टोली फर्कियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मलेसियामा भएको १९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जितेका हुन् ।

नेपालले सात स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको नेपाल वादोरियो कराते डो संघले जनाएको छ । देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा सार्की र रिदेश बस्यालले स्वर्ण जित्नुभयो । आकृति कँडेलले रजत तथा वैश्नवी वर्मा र सन्यम कँडेलले कास्य हात पार्नुभयो ।

ADVERTISEMENT

टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहनुभएको छ । टोलीलाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका नेपाल वादोरियो कराते डो संघका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *