सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौँ राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इण्डियन स्कुल (एमआइएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् । सो स्पर्धाको महिलामा आदर्श विद्या मन्दिर (एभिएम), भासरा, स्वस्तिश्री गुरुकुल र प्रभातले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

ADVERTISEMENT

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । १ सय ९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २ सय ७० खेलाडी सहभागी प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले ७ हजार ५ सय तथा तेस्रोले ३/३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *