पोखरामा नगरबसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पोखरा । पोखरामा नगर बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ हेमजाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको हो ।

छोरेपाटनबाट विश्व शान्ति स्तुपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताउनु भयो ।

ADVERTISEMENT

विकका अनुसार दुर्घटनामा स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *