कृष्णमोहन स्मृति ब्याडमिन्टन जेठ २१ देखि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतिमा आयोजना हुने राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको १६औँ संस्करण जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । नेपाल एपिएफ क्लब (कृष्णमोहन स्मृति भवन) हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले उक्त जानकारी दिनुभयो ।

राष्ट्रिय वरीयता प्रतियोगितासमेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यू-१२ र यू-१९, भेट्रान्स युगल ४५ र ५५ वर्षमाथि तथा अन्तरसरकारी सेवा (बहाल तथा निवृत्त) ३५ वर्षमाथि गरी १० विधामा प्रतिस्पर्धा हुनेछ ।

कुल आठ लाख ६५ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शीर्ष तीन खेलाडीहरूले नगद ७० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै, युगलतर्फ पहिलो हुनेले नगद ५५ हजार, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार प्राप्त गर्नेछन् । यस्तै, ब्वाइज १२ र १९ वर्षमुनिका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

मिक्स युगलतर्फ प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गर्नेछन् । भेट्रान्सतर्फका दुवै समूह र अन्तरसरकारी सेवाका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूमा प्रथम हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् । यसका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमलाई फर्मुलाप्लस इभेन्ट एवं एडभर्टाइजिङ प्रालि, नेपाल ब्याडमिन्टन संघ (प्राविधिक सहयोग), बागमती प्रदेश, योनेक्स सनराइज नेपाल, एपिएफ मेम्बर्स सोसाइटीले समन्वय र सहकार्य गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । साथै पत्रकार सम्मेलनमा १२औँ सहवीर स्मृति खुला राष्ट्रिय लनटेनिस प्रतियोगिता संघसँग समन्वय गरी भदौमा सञ्चालन गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *