नेपालसँग विश्वकप छनोट खेल्ने टोलीको टुंगो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालसँग आगामी महिना जिम्बाबेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । आयरल्याण्डले विश्वकप सुपर लिगको शीर्ष आठमा रहेर सिधै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी हुने १० वटै देशको टुंगो लागेको हो ।

विश्वकप छनोटमा श्रीलंका, वेस्ट इण्डिज, जिम्बाबे, नेदरल्याण्ड्स, आयरल्याण्डजस्ता ठूला टोलीले खेल्नेछन् । यस्तै, विश्वकप छनोटमा लिग ‘टू’ बाट आएका नेपाल, स्कटल्याण्ड र ओमानले पनि छनोट खेल्नेछन् भने गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट आएका अमेरिका र युएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।

ADVERTISEMENT

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्याण्ड, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले भने सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।

नेपालले गत महिना लिग टूमा तेस्रो स्थान हासिल गर्दै विश्वकप छनोटमा स्थान बनाएको हो । लिग टूमा नेपालले पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनीपूर्ण नतिजा निकालेको थियो । विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाईसम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?