नक्कली भुटानी शरणार्थी प्रकरण: एमालेद्वारा सचिव रायमाझी निलम्बित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलद्धारा जारी विज्ञप्तिका अनुसार उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई सचिव रायमाझीलाई पदवाट निलम्बन गरिएको हो ।

‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानूनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ,’ महासचिव पोखरेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत्‌रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो ।’

तर, पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै रायमाझीलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरिएकोसमेत एमालेले जनाउँदै उहाँलाई अनुसन्धान पुरा नभएसम्म पदवाट निलम्बन गरिएको हो ।

ADVERTISEMENT

सो प्रकरण मुछिएका रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार हुनुहुन्छ । तर, उहाँका छोरा सन्दिप रायमाझीलाई भने यसअघि नै पक्राउ गरिसकेको छ ।

आज पुर्व गृहमन्त्री बालकृष्ण खाँडलाई पनि पक्राउ गरी टेकुस्थित प्रहरी हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?