विराटनगरमा खुला कराते सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

विराटनगर । विराटनगरमा खुला कराते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभड हलमा शुक्रबारदेखि खुला कराते प्रतियोगिता सुरु भएको हो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा नेपालका, भारत र भुटनाका खेलाडीहरुको सहभागित छ । भारतका तीन, भुटानको एक र नेपालको पाँच गरी नौ टिमको सहभागिता छ ।

भारतका कोलकत्ता, दार्जिलिङ र खर्साङको सहभागी रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेस प्रदेशको सप्तरीको टिमको सहभागी छ ।

ADVERTISEMENT

पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागी रहेको छ । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।

उक्त प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकामा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले खेलकुद क्षेत्रमा प्रयाप्तमात्रमा बजेट विनायोजन गुर्नपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *