एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा

Read Time = 2 mins

म्याड्रिड । एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लन सफल भएको छ । क्याडिजलाई ५-१ को भारी गोल अन्तरले पराजित गर्दै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको हो ।

एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमनले दुई तथा अल्भारो मोराटा, यान्निक कारास्को र नाहुएल मोलिनाले समान एक गोल गर्नुभयो । क्याडिजका एन्थोनी लोजानाले एक गोल फर्काउनुभयो । खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट एट्लेटिकोले अग्रता लियो ।

२७औँ मिनेटमा ग्रिजमनले नै एट्लेटिकोको अग्रता दोब्बर पार्नुभयो । ४९औँ मिनेटमा अल्भारो मोराटाले तेस्रो, ५७औँ मिनेटमा यान्निक कारास्कोले पेनाल्टीमा चौथो गोल गर्नुभयो । ७२औँ मिनेटमा एन्थोनी लोजानोले एक गोल फर्काउनुभयो ।
त्यसको एक मिनेटपछि नै मोलिनाले गोल गर्दै एट्लेटिकोलाई ५-१ को फराकिलो जित दिलाउनुभयो ।

ADVERTISEMENT

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको एट्लेटिकोको ३३ खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै रियलको ६८ अंक छ । शीर्षस्थानको बार्सिलोनाको ८२ अंक छ । पराजित क्याडिज ३५ अंक जोडेर १५औँ स्थानमा छ ।

यता, इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वेस्टहृयाम युनाइटेडलाई ३-० ले पराजित गरेको हो । सिटीको जितमा हालाण्डसँगै नाथन एके र फिल फोडेनले गोल गर्नुभयो । जितसँगै सिटी ३३ खेलबाट ७९ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ । एक खेल बढी खेलेको आर्सनलको २४ जितसहित ७८ अंक छ । पराजित वेष्टहृयाम ३४ खेलबाट ३४ अंक जोड्दै १५औँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?