बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार, अभियुक्त फरार

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङमा युवतीलाई जबर्जस्ती करणी गरेर फरार रहेका अभियुक्तविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका सोही ठाउँका २९ बर्षीय प्रतापजंग राई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मंगलबार किटानी जाहेरी दर्ता भएको हो ।

अभियुक्त राईले सोमबार बिहान बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी दिउँसो १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा पात्ले झार्न जाने बहानामा ओडारमा लगेर जबर्जस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ ।

युवती बाख्रा चराई रहेको अवस्थामा निज अभियुक्त राई पनि बाख्रा लिएर सोही ठाउँमा पुगेका थिए । राईले युवतीलाई भेटेपछि पर पात्ले झार्न जाउँ बाख्रालाई घाँस हुन्छ भनेछ । बाख्राले पात्ले खादैनन् म जान्न तपाई जानु भनेपछि मेरो मात्रै बाख्राले खाएपनी म झार्छु तिमी बटुली देउन भनी पात्लेको फेदमा लगेछन् ।

ADVERTISEMENT

पात्लेको फेदमा पुगेपछि निज राईले छोरीलाई ज्याकेटमा तानेछ, छोरी कसोकसो गरी फुत्किन खोज्दा केशमा पक्री फुत्किन नदिई नजिकै रहेको ओडारमा तान्दै लगेछन् । युवतीका बुबाले दर्ता गरेको किटानी जाहेरीमा भनिएको छ ।

छोरी फुत्किन बल गर्दा एक हातले घाँटी थिची अर्को हातले मुख थुनी खुट्टाले खुट्टा थिची चल्न चटपटाउन नदिई राखेको अवस्थामा रोइकराई प्रतिकार गर्दा पनि पटक पटक अशक्त र घाईते बनाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

जर्बजस्ती गरेका राईले मार्ने उद्देश्यले दुबै हातले घाँटी थिची रहेको अवस्थामा युवती चिच्याएपछि छिमेकी पुग्दा अभियुक्त फरार भएका थिए ।

जबर्जस्ती करणीपछि मार्ने नियतले घाँटी थिची ज्यान मार्ने प्रयत्नसमेत गरी मरानासन्न अवस्थामा पुर्याएको युवतीलाई सोही दिन उपचारमा जिल्ला अस्पताल ल्याएपछि काठमाडौं रिफर गरिएको थियो । युवतीको स्वास्थ्य अवस्था जटिल रहेको जनाईएको छ । यस विषयमा अनुसन्धान भईरहेको डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *