मकवानपुरमा पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मकवानपुर । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका-४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट छ बोरामा प्याक गरिएको एक सय ८४ किलो एक सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको तीन सय २७ किलो आठ सय ग्राम गरी कूल पाँच सय ११ किलो नौ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई गिरफ्तार गरिएको हो ।

ADVERTISEMENT

उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उत्तमको घरबाट नगद रु ५५ हजार तीन सय ६५ पनि बरामद गरेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *