पहिलो पटक ‘मेट गाला २०२३’ मा आलिया

Read Time = 2 mins

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट ‘मेट गाला २०२३’ मा सहभागी हुन न्युयोर्क पुग्नुभएको छ । उहाँ पहिलो पटक मेट गालाको रातो कार्पेटमा सहभागी हुनुभएको हो । मेट गालामा उहाँ सेता मोती जडित लुगामा पुग्नुभएको थियो । जसमा एक लाख मोती जडित रहेको बताइएको छ ।

आलियाले इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गर्दै उक्त लुगा भारतमा बनेको जानकारी दिनुभएको छ । ‘मेरो लुक सुपरमोडल क्लाउडिया शिफरबाट प्रभावित छ । म पहिलादेखि भारतमा बनेको यस्तो लुगा लगाउन चाहन्थें । प्रबल गुरुङले माया र मिहेनत गरेर एक लाख मोती जडित लुगा बनाउनुभएको छ,’ उहाँले लेख्नुभएको छ । नेपालीमूलका प्रबल गुरुङ फेसन डिजाइनमा अन्तर्राष्ट्रिय स्तरमै चर्चित हुनुहुन्छ ।

ADVERTISEMENT

केही दिनअघि आलियाले ‘गंगुबाई काठियावाडी’बाट फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात समेत हात पार्नुभएको थियो । आलिया हलिउड चलचित्र ‘हार्ट अफ स्टोन’ मा देखिदै हुनुहुन्छ । यो उहाँको हलिउड डेब्यू चलचित्र हो ।

त्यस्तै उहाँ बलिउड चललिचत्र ‘जीले जरा’ मा पनि देखिनुहुने छ । उहाँ पछिल्लो समय चललिचत्र ‘ब्रहृमास्त्र’ मा देखिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *