नेपाललाई तेस्रो झट्का, ९ ओभरमा २३ रन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ ।

दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बन्दा ६.१ ओभरमा आसिफ र ८ ओभरमा रोहित पौडेल पनि आउट भएका छन् ।

यूएईले घरेलु टोलीलाई १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १.२ ओभरमा नै पहिलो विकेट गुमाएको हो।

यो समाचार तयार पार्दा ९ ओभरमा नेपालले २३ रन बनाएको छ । जहाँ  गुल्सन झा र भीम क्रिजमा छन् ।

ADVERTISEMENT

यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। ​यूएई पनि नेपालसँग जित हात पारेर चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ।

सन् १९८४ मा सुरू एसिया कपको १६ औं संस्करणमा पहिलो पटक सहभागिता जनाउने लक्ष्यमा नेपाल रहेको छ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो। ओमानलाई ‘डीएल मेथडमा दुई रनले हराउँदै यूएईले फाइनलमा स्थान बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?