नेपाललाई युएईले दियो ११८ रनको लक्ष्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा यूएईविरूद्धको खेल जित्न ११८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ११७ रन बनायो ।

नेपाल र यूएईबीचको फाइनल खेल आइतबार भएपनि बर्षाको कारण रोकिएपछि आज बाँकी रहेको खेल ‘रिजर्भ डे’मा भइरहेको हो ।

खेल बिहान ९ बजेदेखि भइरहेको छ । ​मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ गरेको थियो ।

त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

ADVERTISEMENT

यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। ​यूएई पनि नेपालसँग जित हात पारेर चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ।

सन् १९८४ मा सुरू एसिया कपको १६ औं संस्करणमा पहिलो पटक सहभागिता जनाउने लक्ष्यमा नेपाल रहेको छ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो। ओमानलाई ‘डीएल मेथडमा दुई रनले हराउँदै यूएईले फाइनलमा स्थान बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?