हैदराबादसँग दिल्ली पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सनराईजर्स हैदराबादले ईन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो ।

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

ADVERTISEMENT

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।​

आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद लिगको आठौं स्थानमा उक्लिएको छ। आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?