अस्मिता र संगमको ‘लभ पर्ला जस्तो छ’

Read Time = 1 min

काठमाडौं । अस्मिता अधिकारी र संगम शेर्मा लिम्बूको स्वरमा रहेको गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द/संगीत, दिवेश राईको एरेञ्ज र किशोर थापाको मिक्सङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दिनेश माङ्मु लिम्बूको निर्देशन रहेको गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनको अभिनय छ । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

ADVERTISEMENT

राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गर्नुभएको छ । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *