कविता : विश्व नायक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ आयुष खनाल

अचेत चेतना थियो, सचेत चेतना दियौ
फकाउँदै फुलाउँदै, सुमार्ग प्रष्ट पार्दियौ
हरेक प्रात रातमा, दिवा निमेष साथमा
अनेक तर्कना दिँदै, गर्‍यौ सवाल सामना ।।

म स्वप्नमा थिए सधैँ, म स्वप्नमै रमाउथे
म बालझै थिए सधैँ, स्वतन्त्रता रुचाउथे
म खोज्दथे ठूला ठूला, अकाश चुम्ने चाहना
दिएर हात पाउमा, गर्‍यौ सकार कामना ।।

समृद्धि ऋद्धि-सिद्धि होस्, प्रसिद्धि होस् निरन्तर
सुबुद्धि वृद्धिशील होस्, प्रबोध होस् भयङ्कर
यथेच्छ प्राप्ति खातिरी प्रयत्नशील धीरता
अगाध राख्नु चित्तमा, भनीदियौ सचेतना ।।

ADVERTISEMENT

गरेछु कर्म आज जो, भविष्य निम्ति उज्ज्वल
छरेछु प्रीत आज जो, मनुष्य मा समुज्ज्वल
सुकर्म धर्म नर्म ले, मनोज्ञ ज्ञान भर्दछु
तिमी मसँग भैदिए, समस्त विश्व हर्दछु ।।

प्रभाव पैरवी प्रभा, प्रवीणता प्रवर्धन
प्रवित्तिको प्रबुद्धता, प्रगल्भता प्ररागण
प्रगाढ प्रज्ञ दक्षता, प्रकर्ष लाभदायक
प्रकाण्ड सर्वशक्तिमान्, हुनेछु विश्व नायक ।।

छन्दस् पञ्चचामर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *