काठमाडौं । घुस रकमसहित रंगेहात पक्राउ परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारको टोलीले ढुंगेललाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।
आयोगले एक लाख ५० हजार विगो कायम गरी हदैसम्मको सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो । ढुंगेलविरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता