भोजपुर अलैची व्यवसायी महासंघमा राजेश बिष्ट

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नेपाल अलैची ब्यवसायी महासंघ भोजपुरको चौथो जिल्ला अधिवेशनले राजेश बिष्टको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ ।
महासंघ भोजपुरको बिहिवार सदरमुकाममा भएको अधिवेशनले बिष्टको नेतृत्वमा आगामी तीन बर्षका लागि नयाँ समिति निर्माण गरेको हो । अधिवेशनले उपाध्यक्षमा धर्मराज राई, सचिवमा सचिता पाण्डेलाई सर्वसम्वत चयन गरेको छ । यस्तै सदस्यहरुमा प्रेमकुमारी खत्री, सुवास कट्टेल, बखत बहादुर श्रेष्ठ र बाबुराम राईलाई अधिवेशनले चुनेको हो ।

अन्य बाँकी पदाधिकारीहरु भने पछि मनोनित गरिने महासंघले जनाएको छ । महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई लगायतका पदाधिकारीहरुको उपस्थितीाम भएको अधिवेशनमा सहभागि कृषकहरुले अलैची उत्पादनमा देखिएका समस्या समाधानका लागि महासंघले पनि पहल गर्नु पर्ने माग राख्नु भएको थियो ।

सो क्रममा अध्यक्ष भट्टराईले ब्यवसायी र कृषकका बिचमा समन्वय गर्दे देखिएका समस्या समाधानमा महासंघले भुमिका निर्वाह गर्ने बताउनु भएको छ । अलैची कृषकका समस्यालाई सम्वोधन गर्न नेपालका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा सहभागी हुदै अलैची उत्पादन र वजारीकरणको स्पष्ट निती निर्माणका लागि महासंघले पहल गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

ADVERTISEMENT

उद्योग बाणिज्य संघका उपाध्यक्ष निरकुमार बिश्वकर्मा, नेपाल अलैची ब्यवसायी महासंघ भोजपुर पूर्व अध्यक्ष नविन प्रधान, प्रधानमन्त्री कृषि आधुनिकरणका पूर्व अध्यक्ष गणेश श्रेष्ठ लगायतले अलैची कृषकका मागहरु सम्बोधन हुनु पर्ने बताउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?