काठमाडौं । डिबी खड्का र रचना रिमालको स्वरमा रहेको गीत ‘तिम्रो गाउँमा आउँदैछु’ सार्वजनिक गरिएको छ । शंकर के.राईको शब्द, गायक खड्काकै संगीत र आगा लामाको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रोमान्टिक शैलीमा तयार गरिएको गीतको भिडियोमा एक प्रेमजोडीबीच हुने माया, प्रेम र सुखदुःखको कथा बुनिएको छ । भिडियोमा गायक खड्काको अलवा सुस्मिता श्रेष्ठ, आशिका खड्का, सुमिना श्रेष्ठलगायतको अभिनय देख्न सकिन्छ । उद्धव नेपालले निर्माण गरेको भिडियोमा टंक केसीको छायांकन र एलपी पाण्डेको सम्पादन/निर्देशन छ ।






