काठमाडौंं । नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ती जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको छ ।
यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । विज्ञप्तिमा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने उल्लेख छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकबाट सुरु हुनेछ । त्यसपछि ३० गते विराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडाैंमा आयोजना हुनेछ । आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
मिष्टर नेपालको मुख्य प्रायोजकको रुपमा न्युलुक ब्युटिफर लाइभलाई भित्र्याउन पाउदा आफु हर्षित रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म खल्तीएपबाट भर्न सकिनेछ । प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts