बाँसुरी छन्दमै नाच्छन्, झुर्मा ढोलक मादल ।
मुरली खैँजडी ट्याम्को, तबला छन्द बादल ।।
वीणा हार्बिन कर्नाल, सुरताल छ मग्मग ।
निर्झरा छर्छराएर, छन्द बल्दैछ जग्मग ।।
भावका छाल छल्किन्छन्, ताता प्रणय माधुरी ।
शङ्खघण्ट सनैभित्र , ओज प्रासाद माधुरी ।।
नर्सिङ्गा कुरुरु ध्वाँध्वाँ, झ्याली डम्फू र डम्मरु ।
के छैन छन्दकाभित्र, रम्भा तिलोत्तमा सरु ।।
अलङ्कार छटा चम्के, छन्दमै रस सञ्चित ।
विभाव भाव सञ्चार, रीति औचित्य मञ्चित ।।
वैशाखी फूल मस्किन्छन्, सरिता गुन्गुनाउँछन् ।
छन्दको पूूर्णता पोखी, भ्रमरा भुन्भुनाउँछन् ।।
हिमाल ताल सञ्जाल पहाड पूूर्ण चन्द्रमा ।
लालीगुराँस सुन्गाभा, कोइली खुुल्छ छन्दमा ।।
पृथिवी शान्ति द्यौः वायुुः, जल नभ र तेजमा ।
छन्द ॐकार बोकेर सिर्जना कुुद्छ वेगमा ।।
माया प्रेम दया भक्ति, ज्ञान विज्ञान नाच्दछन् ।
कोटी ब्रहृमाण्ड हाँसेर छन्दमै प्रीत गाँस्दछन् ।
(जय छन्ददिवस)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा