‘नाइँ नभन्नू ल ६’ को ‘कबाट कछुवा’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । यही १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चललिचत्र ‘नाइँ नभन्नू ल ६’ को ‘कबाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् ‘कबाट कछुवा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका कार्की शिक्षिकाको भूमिकामा देखिनुभएको छ । वेनिशा पौडेलको स्वर रहेको गीतमा डा. सुबोधकुमार पोखरेलको शब्द र भुपेन्द्र रायमाझीको संगीत छ ।

ADVERTISEMENT

विकासराज आचार्यद्वारा निर्देशित चलचित्रमा प्रियंकाका अलावा आँचल शर्मा, आशीर्वाद क्षेत्री, केकी अधिकारी, सरोज खनाल, खड्गबहादुर पुन, अथर्व उप्रेती, योगिशा खत्रीलगायतको अभिनय छ ।

आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता विकासराज आचार्य र विष्णुमणि दाहाल हुनुहुन्छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रलाई सन्देश शाहले सम्पादन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *