विकासको राष्ट्रिय कीर्तिमान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । साग स्वर्णधारी विकास थापाले १९औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । नेपाल प्रहरीका उहाँले पुरुष ८१ केजीमा स्न्याचमा १२२ केजी भारवहन गर्दै आफ्नै नाममा रहेको १२० केजीको कीर्तिमानमा सुधार गर्नुभएको हो । विकासले स्न्याचमा १२२ सहित क्लिन एण्ड जर्कमा १३५ केजी गरी कुल २५७ केजी वजन उचाल्दै पहिलो स्थान हात पार्नुभयो ।

नेपाल भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगिताको पुरुष ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट पहिलो हुनुभयो । उहाँले स्न्याचमा १०५ केजी र क्लिन एन्ड जर्कमा १२४ केजी गरी कुल २२९ केजी तौल उठाउनुभयो । १०९ केजीमुनि प्रहरीका सन्देश गुरुङले स्न्याचमा ११६ केजी र क्लिन एण्ड जर्कमा १४० केजीसहित जम्मा २५६ केजी भार उचाल्दै पहिलो हुनुभयो ।

१०९ केजीमाथि प्रहरीका राजीव महर्जनले स्न्याचमा १२५ केजी र क्लिन एण्ड जर्कमा १५० केजी गरी जम्मा २७५ केजी वजन उचाल्दै पहिलो हुनुभयो । ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो पहिलो बन्नुभयो । उहाँले स्न्याचमा ९१ केजी र क्लिन एण्ड जर्कमा ११३ केजी गरी जम्मा २०४ केजी भारवहन गर्नुभयो । ६७ केजीमा प्रहरीका प्रकाश केसीले स्न्याचमा १०० केजी र क्लिन एण्ड जर्कमा १२० केजी गरी जम्मा २२० केजी तौल उचाल्दै शीर्ष स्थान हात पार्नुभयो । स्न्याचमा ९६ केजी र क्लिन एण्ड जर्कमा ११८ केजी गरी जम्मा २१४ केजी तौल उचालेका आर्मीका राजु चौधरी ७३ केजी स्पर्धामा अब्बल बन्नुभयो ।

ADVERTISEMENT

महिला ४९ केजीमा लुम्बिनीकी कृष्णाकला विष्ट, ५५ केजीमा आर्मीकी प्रभा थारू, ५९ केजीमा प्रहरीकी टीकामाया गुरुङ, ६४ केजीमा प्रहरीकी पूजा कुमाल, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन र ८७ केजीमाथि प्रहरीकी विद्या राईले पहिलो स्थान हात पार्नुभयो ।

प्रतियोगितामा पुरुषमा २१ र महिलामा ११ खेलाडीले समान सात-सात स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी पहिलो चरणलाई छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *