एसीसी प्रिमियर कप : आज ओमानसँग खेल्दै नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र ओमान भिड्दै छन् । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो ।

खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मंगलबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।

ADVERTISEMENT

त्यस्तै, बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । समूह चरणका अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

त्यस्तै, एसीसी प्रिमियर कपको आजको अर्को खेलमा मूलपानीमा यूएई र हङकङबीच खेल हुनेछ । १० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?