काभा भलिबलमा सात राष्ट्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित सात टोलीले सहभागिता जनाउने भएका छन् । नेपाल भलिबल संघले बुधबार किर्गिस्तानमा आयोजना हुने प्रतियोगितामा नेपालसहित सात टोलीको सहभागिता रहने जनाएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेका छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै, तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *