एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु रमेशको निधन भएको छ । रमेशको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उहाँको आफ्नो गृहनगर विशाखापट्टनममा निधन भएको हो । उहाँलाई मंगलबार हृदयघात भएको थियो ।
थिएटरबाट आफ्नो करियर सुरु गर्नुभएका रमेशले सन् २००१ मा चलचित्र ‘चिरुजाल्लु’ बाट आफ्नो फिल्मी करियर सुरु गर्नुभएको थियो । यसपछि उहाँले ‘मथुरा वाइन’, ‘ब्लेड’, ‘बाब्जी और नेपोलियन’ जस्ता चलचित्रमा आभिनय गर्नुभएको थियो । यी चलचित्रहरूमा रमेशको अभिनयको निकै तारिफ भएको थियो । रमेशले फिल्मका अलावा धेरै वेब सिरिज र टिभी शो पनि गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts