‘जीवनका अनुभूति’ को परिचर्चा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बिना पोखरेलको आत्मकथाकृति ‘जीवनका अनुभूति’को परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौंमा एक कार्यक्रमबीच पोखरेलको आत्मकथा कृति ‘जीवनका अनुभूति’को परिचर्चा गरिएको हो । वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

अमेरिकामा बसोवास गर्दै आउनुभएकी लेखक बिना पोखरेलको आत्मकथाकृति ‘जीवनका अनुभूति’ दोस्रो संस्करण हो । कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसी, अध्यक्ष लेकाली, लेखक पोखरेल, वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, किशोर पहाडी, श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज नयाँघरे, प्राडा. गोविन्दमान सिंह कार्की, मञ्जिला अनिल, डा.शान्तिमाया गिरी, शिव अधिकारी, मुरारी सिग्देल, अस्मिता भण्डारी, रामचन्द्र महर्जन, अरुण रूपाखेती (निवर्तमान अध्यक्ष अनेसास डी.सी. च्याप्टर), प्राज्ञ बाबा बस्नेतलगायतले पुस्तकको चर्चा गर्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, निर्मलरमण पराजुली, सुशीला देउजा, नीता श्रेष्ठ, पारु तिमिल्सिनालगायत डा.गोपाल चिन्तन, विजय शाह (अमेरिका), सुलोचना पौडेल, सागर शर्मा, विष्णुबहादुर विष्ट, हेमन्त तिवारीलगायतको उपस्थिति थियो ।

साहित्यिक पत्रकार संघका कार्यसमिति सदस्य डा.दामोदर पुडासैनीले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *