‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई

Read Time = 1 min

मणिपुर । मिस इण्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले चुम्नुभएको छ । भारतको मणिपुरको इम्फालमा आयोजित मिस इण्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इण्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिराउनु भएको हो । अब नन्दिनी मिस वल्ड-२०२३ मा भारतको प्रतिनिधित्व गर्ने हुनुभएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा श्रेया पूजा फष्र्ट रनरअप र स्ट्रेला थौनाओजम लुवांग सेकेण्ड रनरअप हुनुभयो । नन्दिनी हाल मुम्बईको एक कलेजबाट व्यवसाय व्यवस्थापन संकायको स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत रहनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *