काठमाडौं । ‘अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै विन्ध्यवासिनी म्युजिक अवार्ड कमिटीले‘ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९’का शीर्ष पाँच मनोनय सार्वजनिक गरेको छ । तेर्हौं संस्करणको अवार्डमा २१ वटा विधा रहेका छन् । यो अवार्ड समारोह यही वैसाख २२ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जनाएको छ ।
यस अवार्ड समारोहमा वरिष्ट संगीतकार एवं संगीत प्रशिक्षक प्रकाश गुरुङलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९’बाट सम्मान गरिने भएको छ । यो सम्मानको राशी एक लाख रुपैयाँ छ । यस्तै, गायिका सुक्मित गुरुङलाई ५० हजार रुपैयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीतसाधना सम्मान २०७९’बाट सम्मान गरिने भएको छ भने गायक भविन ढुंगानालाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान २०७९ र वरिष्ट सञ्चारकर्मी नरेश भट्टराईलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७९’बाट सम्मान गरिने भएको छ ।
संगीतकला पत्रकारिता सम्मानको राशी २५ हजार रुपैयाँ छ । यही वर्षदेखि विन्ध्यवासिनी म्युजिक अवार्डमा झलकमान लोकसंगीत सम्मानसमेत थपिएको विन्ध्यवासिनी म्युजिक प्रा.लि.की सञ्चालक लिना शर्मा रेग्मीले जानकारी गराउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता