काठमाडौं । रत्नांगे इण्डुरो माउण्टेन बाइक रेस प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने भएको छ । सोलुखुम्बुको तीन हजार ३५० मिटरको उचाइमा अवस्थित रत्नांगेमा हुने प्रतियोगिता वैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (+४० वर्ष) र जुनियर (-१८ वर्ष) गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशी र विदेशी माउण्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको आयोजनाबाट सोलुखुम्बुको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । फाप्लु माउण्टेन बाइक क्लबको आयोजना र जेरोलेभल एमटिबी स्कुलको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितालाई केटिएम सिटीले प्रायोजन गरेको हो ।
रत्नांगे इण्डुरोमा विश्वभरबाट ठूलो संख्यामा माउण्टेन बाइकिङ प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच