काठमाडौं । गायक तथा युवा उद्यमी आरोहण श्रेष्ठको शब्द रचना र गायनमा तयार भएको गीत ‘सपनाको घर’ सर्वजनिक भएको छ । बज्र क्रियशनका कोबिद बज्र र विकेश बज्रको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जेनेसिस इभेन्टस प्रा.लि.को पहिलो प्रस्तुति रहेको यस गीतको भिडियोमा नायिका नम्रता सापकोटा र नायक शिशिर शिवाकोटीको अभिनय छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रेम कथामा आधारित उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
नारायण प्रधानले निर्देशन गरेको यो गीतको भिडियो इलाम, झापालगायत स्थानमा छायांकन गरिएको छ । भिडियोलाई रोशन मर्हजन र अनिष तामाङले छायांकन गर्नुभएको हो ।






