काठमाडौं । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुल्चोकबाट सोमबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इञ्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।
अख्तियारद्वारा घुससहित इञ्जिनियर पक्राउ
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता