चट्याङ लागेर बैतडीमा आमा-छोरा घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन्।

आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उहाँका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते हुनुभएको छ ।

ADVERTISEMENT

यस्तै चट्याङ लागेर दुई भैँसी पनि मरेका र घरमासमेत क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरणसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।

चट्याङ लागेर घाइते आमा-छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *