भिल्लासँग पराजित भएसँगै रियल म्याड्रिड बार्सिलोनासँग १२ अंकले पछाडी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्ला रियलसँग पराजित भएको छ ।

घरेलु मैदानमा रियल म्याड्रिड भिल्ला रियलसँग ३-२ को अन्तरले पराजित भएको हो । रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानमा रहेको बार्सिलोनासँग १२ अंकले पछि परेको छ ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफको १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट रियलले अग्रता लिएको थियो तर ३९औं मिनेटमा भिल्लाका सामुइल चुकविजीले गोल फर्काउँदै खेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याउन सफल भए । खेलको थप समय अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा २–१ को अग्रता कायम गरे पनि दोस्रो हाफमा भने रियलले अग्रता जोगाउन सकेन, खेलको ७०औं मिनेटमा भिल्लाका जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याई दिए ।

ADVERTISEMENT

अन्त्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको खेलको दोस्रो हाफको ८०औं मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ को अवस्थामा अघि बढाए ।

साथै, ८३औं मिनेटमा रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको पनि भिल्लाले त्यसलाई अस्विकार गरयो । त्यसपछि भिएआरबाट परिक्षण गरी हेर्दा भने भिल्लाले भने झै रियलले पेनाल्टी पाएन । अन्तत त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु मैदानमा नै ३–२ ले पराजित हुन पुग्यो ।

यस हारसँगै रियल २८ खेलबाट ५९ अंकमा सिमित भएको छ भने भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । शनिवारको खेलमा पराजित भएसँगै बार्सिलोनासँग अंक फराकिलो गर्न रियल बाध्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?