कथा : द्वन्द्वको दुष्चक्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 14 mins

✍️ भूपप्रसाद धमला

अठार वर्षे किशोरावस्था पार गर्नै लाग्दा उमेशले बाह्र कक्षा पास ग¥यो । विशिष्ट श्रेणीमा उत्कृष्ट अङ्क ल्याएकोमा उसका बाबुआमा दङ्ग परे । राम्रो नतिजा ल्याएकोमा गाउँभरि उमेशको चर्चा चल्यो । सर्वत्र ख्याति फैलियो । मेलापातामा उसकै कुरा । पानी पँधेरामा उसकै चर्चा । कतिपयले त इष्र्या पनि गरे होलान् । धेरैलाई उसको सफलता प्रेरणाको स्रोत बन्यो । परिवारकै प्रतिष्ठा आकाशियो । आफन्तजनको मन पुलकित भयो ।

उमेशका सामु अब उच्च अध्ययन गर्न कहाँ जाने के विषय पढ्ने भन्ने प्रश्न ठिङ्ग उँभियो । उसलाई विज्ञान पढ्ने तीव्र इच्छा थियो तर घर नजिक त्यस्तो कलेज थिएन । उसको घर काठमाडौंबाट धेरै टाढा सुदुर पूर्वी नेपालको पहाडी जिल्लामा पथ्र्यो । मानविकी शास्त्रको कुनै विषय पढौँ भने त्यसले रोजगारी दिन सक्दैनथ्यो । बिए पासको त कुरै छोडौँ एमए पास गरेका मान्छे पनि जागिर नपाएर अल्लारिँदै हिँडेको उसले देखेको थियो । कहाँ जाने के गर्ने कुनै विचार फुरेन । दिन रात सोचमग्न भयो बिचरा उमेश ।

उच्च शिक्षा हासिल नगरी पैसा कमाउन नसकिने पैसा नभई उच्च शिक्षा हासिल गर्न नसकिने यस्तो दुष्चक्रमा उमेश प¥यो । धेरै सोचेपछि बिएस्सी पास गरेपछि आफ्नै गाउँको विज्ञान शिक्षक हुन पाइने आशामा आखिर उमेशले विज्ञान नै पढ्ने निधो ग¥यो । उत्सुकतापूर्वक बाबुआमालाई आफ्नो योजना सुनायो । तत्काल छोरालाई घरबाहिर पठाउनु परे तापनि भविष्य राम्रै हुने देखेर उनीहरू खुशी नै भए ।

कलेजको शुल्क तिर्ने पैसा उमेशको बाबुआमासँग थिएन तर नजुटाई पनि भएन । रकम जुटाउने बारेमा बाबुछोराले सल्लाह गरे । गाउँको एकजना साहुमहाजनसँग ब्याजमा लगाउने प्रशस्त पैसा हुन्थ्यो । ब्याज अत्यन्त चर्को थियो तर के गर्नु जसरी भए पनि पैसा त चाहियो ।

एक दिन बाबुछोरा दुवै महाजनको घर गए । एकाबिहानै उमेशका बाबुछोरा उसको घरमा आएको देखेर महाजन अलिअलि खुशी अलिअलि आश्चर्यमा पर्‍यो । उमेशको बाबुले छोरा काठमाडौं पढ्न पठाउन एक लाख रुपैयाँ ऋण सापटीको याचना ग¥यो । महाजन धूर्त मान्छे थियो । गरिब दुःखीलाई बसमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्न ऊ खप्पिस थियो । पैसा नभएको जस्तो बहाना पार्दै महाजनले सोध्यो-
‘मसँग त कहाँ पैसा छ र साइँला ? आफ्नै घरव्यवहार चलाउन गाह्रो भइराखेको छ तर पनि अलिकति जोहो गरेको पैसा छ । के कति चाहिने हो ?’
उमेशको बाबुले अदवका साथ उत्तर दियो -
‘अहिलेलाई एक लाख रुपैयाँ भए पुग्छ, हजुर ।’
महाजन कागज र कलम लिएर दलानको खाटमा बस्यो । तमसुक लेखेर सुनायो-
‘ल साइँला म एक लाख रुपैयाँ दिन्छु तर वार्षिक साठी प्रतिशतका दरले महिनाको पाँच हजार रुपैयाँ ब्याज दिनुपर्छ । तिर्न नसके त्यसलाई पनि सावाँ मानेर ब्याज थपेर तिर्नुपर्छ । एक वर्षभित्र सावाँ पनि तिर्नुपर्छ । नसके घरसमेतको पाटोबारी मलाई पास गरिदिनुपर्छ ।’

‘ल साइँला म एक लाख रुपैयाँ दिन्छु तर वार्षिक साठी प्रतिशतका दरले महिनाको पाँच हजार रुपैयाँ ब्याज दिनुपर्छ । तिर्न नसके त्यसलाई पनि सावाँ मानेर ब्याज थपेर तिर्नुपर्छ । तिर्न नसके घरसमेतको पाटोबारी मलाई पास गरिदिनुपर्छ ।’

उमेशको बाबुले मनमनै विचार गर्‍यो ‘ठीकै छ एउटा भैंसी छँदैछ । त्यसको दूध बजारमा बेचेर ब्याज तिर्ने पैसा जुटाउन सकुँला । सावाँ पैसा छोरो जागिरे भएपछि तिर्ला नि !’ उमेशको बाबुले तमसुकमा सही गरेर एक लाख रुपैयाँ लियो । खुशी हुँदै बाबुछोरा घर गए ।

अर्को हप्ता उमेश काठमाडौंतिर जान ठीक प¥यो । हिँड्ने बेलामा बहिनीले दाजु पढाइ सकेर घर फर्केपछि आफू काठमाडौं गएर पढ्ने रहर सुनाइन् । बाबुको आँखामा गहभरि आँसु टप्कियो । हिँड्ने बेलामा उसकी आमाले मुटु भक्कानो पार्दै भनिन्–
‘बाबु, पढिसकेर अबश्य घर आउनू । आफ्नो गाउँघर नबिर्सनू है ।’

‘हवस्, आमा’ भन्दै झोला बोकेर उमेश बाटो लाग्यो । अलि पर पुगेर बिदाइको हात हल्लायो । आँखा टट्टाउने गरी बाबु आमाले परसम्म हेरिरहे । हेर्दा हेर्दै उमेश ओझेल पर्‍यो ।

ADVERTISEMENT

उमेश काठमाडौं पुगेर त्रिचन्द्र क्याम्पसमा भर्ना भयो । चिनेकै साथीसँग डेरा बस्ने भयो । पुस्तक किन्यो । सरकारी क्याम्पस भएकाले शुल्क त उति बढी तिर्नु पर्दैनथ्यो तर बस्ने खाने खर्च नै धेरै हुथ्यो । उमेशले सकेसम्म कम खर्चले धान्ने बानी बसायो ।

यता साहुको ऋण लिएको एक महिना भयो । महिना दिन पुगेको भोलिपल्टै महाजन उमेशको घर पैसा लिन आयो । महाजन हरेक महिना यसै गथ्र्यो । केही महिनासम्म उमेशको बाबुले जसो तसो धान्यो तर एक दिन चर्दै गरेको भैंसी भीरबाट लडेर ठहरै म¥यो । थलो रित्तै भयो । दूध बेचेर ब्याज तिर्ने कुरा बन्द भयो । अब अर्को आपत आइलाग्यो । भैंसी मरेको कुरा थाहा पाएर उता उमेश अत्यन्त चिन्तित भयो । उसको पैसा पनि सिद्धियो । के गर्ने होला कसो गर्ने होला कुनै बाटो फेला पार्न सकेन । भाग्यबश एउटा साथीले एक जना उच्च अधिकृतको बालबच्चालाई प्राइभेट ट्युसन पढाउने काममा लगाइदियो । अलि राहत भयो तर घरको पीरले उसको आधा मासु भयो ।

यता घरमा साहुको पैसा तिर्ने कुनै उपाय भएन । अर्को भैंसी किन्ने पैसा झन् हुने कुरै भएन । एक वर्ष पुग्ने बित्तिक्कै महाजनले घरजग्गा आफ्नो नाममा पार्‍यो । अब कमाइ खाने ठाउँ पनि छैन । घरमा दस कक्षा पढाइ गरेकी छोरी र आमा छोडेर उमेशको बाबु भारततिर ज्याला मजदुरी गर्ने कामको खोजीमा हिँड्यो । आमाछोरी झन् विपत्मा परे । अलि दिन त माइतमावल गइएला त्यसपछि फेरि कहाँ बस्ने के गर्ने बडो चिन्ता भयो । महाजनले भलो चिताए जस्तो गरेर आफ्नै फाइदाको लागि घरमा भाँडा माझ्ने, लुगाधुने, सरसफाइ गर्ने काम गरे बापत आमाछोरीलाई खान बस्नसम्म दिने भयो तर अनिश्चित भविष्यको जाँतोमुनि पिल्सिएर बस्नुपर्ने भयो ।

भारततिर लागेको उमेशको बाबुले मुश्किलले आसामको कोइलाखानीमा काम गर्ने अवसर पायो । काम गरेको दिनमा केही ज्याला पाइने काम नपरेको दिन काम गर्न जानै नपाइने थियो । उसले कमाएको ज्यालाले मुश्किलले आफ्नो ज्यानसम्म पाल्न पुग्थ्यो । घरमा पठाउन त पुग्ने कुरै भएन । त्यही पनि एकदिन कोइलाखानीमा पुरिएर उसको देहान्त भयो । उमेशको बाबुको मृत्युको खबर सुनेर महाजनले दुःख प्रकट गरे जस्तो ग¥यो तर आमालाई सधैँ कज्याउन पाइने भयो भनेर मनमनै खुशी भयो ।

रहँदा बस्दा महाजनको छोराले उमेशकी बहिनीलाई बिहे गर्छु सुखमा पाल्छु भनेर ललाई फकाई बारम्बार बलात्कार ग¥यो । निर्दोष किशोरीको अस्मिता लुट्यो । अनिच्छित गर्भधारण गरायो । जबरजस्त गर्भापत्तन गरायो । आखिरमा महाजनले अर्को गाउँको महाजनकै छोरीसँग आफ्नो छोराको बिहे गरायो । त्यसपछि पनि महाजनको छोराले किशोरीमाथि अत्याचार गरी नै रहृयो । अन्याय खप्न नसकेर विक्षिप्त किशोरीले एक दिन खोलामा हाम फालेर देह त्याग गरी । आमाको छाती चरक्क चिरियो । खपी नसक्नु भयो तर पनि एकमुठी सास बाँकी रहेसम्म बाँच्न मन लाग्यो । कुनै दिन छोराले त्यसको बदला लेला भन्ने झिनो आशा बाँकी थियो ।

महाजनको छोराले उमेशकी बहिनीलाई बिहे गर्छु सुखमा पाल्छु भनेर ललाइ-फकाई बारम्बार बलात्कार गर्‍यो । निर्दोष किशोरीको अस्मिता लुट्यो । अनिच्छित गर्भधारण गरायो । जबर्जस्त गर्भापत्तन गरायो । आखिरमा महाजनले अर्को गाउँको महाजनकै छोरीसँग आफ्नो छोराको बिहे गरायो ।

उता उमेशको क्याम्पसमा क्रान्तिकारीका विद्यार्थीहरूको बिगबिगी हुन थालेको थियो । भूमिगत सशस्त्र बिद्रोही पार्टीको निर्देशन अनुसार उनीहरू काम गर्थे । कुरैकुराको प्रसङ्गमा उमेशले आफ्नो घरको दुःखदर्द बतायो । साहुले उसको घरजग्गा खाइदिएको, परिवार नै सुकुम्बासी हुनुपरेको, बाबुले ज्याला मजदुरी गर्न विदेश जानु परेको, आमा र बहिनी त्यही साहुको घरमा नोकर हुनु परेको, बाबु आसामको कोइलाखानीमा पुरिएर मरेको, अधबैंसे उमेरमा आमाले बिधवा हुनु परेको, साहुको छोराले बहिनीलाई जघन्य अपराध गरेर आत्महत्या गर्न बिबश पारेको, आफू सानैमा टुहुरो हुनुपरेको वेदना सविस्तार उमेशले सुनायो ।

क्रान्तीकारीहरूलाई त्यस्तो कुरा मसला बनिहाल्यो । विस्तार-विस्तार उनीहरूले उमेशलाई सशस्त्र विद्रोही पार्टीमा लाग्यो भने सारा राष्ट्रमा आमूल परिवर्तन हुने, जनताको मुक्ति हुने, गरिब दुःखीको भलो हुने, अन्यायमा परेकाले न्याय पाउने मीठा कुरा सुनाए । उमेशलाई यो कुरा ठीक लाग्यो । ऊ त्यही पार्टीमा समाहित भयो । मुक्ति सेनासँग बन्दुक बोकेर युद्ध गर्न हिँड्यो । एक दिन दोहोरो भिडन्तमा मारियो ।

उसलाई युद्धको महान् शहीद घोषणा गरियो तर आफ्नो छोराको मृत्युले उसकी आमाको मस्तिष्कमा चट्याङ प¥यो । हृदयमा मर्मान्तक चोट पर्‍यो । छाती विदीर्ण भयो । आफूमाथिको आकाश खसेजस्तो भयो । आफू उभिएको धरती फाटेजस्तै भयो । बेसहारा आमाको जीवनमा असैहृय बज्रपात प¥यो । उनको रोदन र क्रन्दन हावाले हुनहुनाएर बेपत्ता पार्‍यो । उनको आर्तनाद शून्यमा विलीन भयो । अनेकौं द्वन्द्वको दुष्चक्रमा उमेशको परिवारको वियोगान्त भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *