कविता : मेरो छोरा !

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ रञ्जु सत्याल कटुवल

मेरो छोरा !
मैले एउटा सपना देखेको छु,
तिम्रो नजरबाट संसार हेर्ने ...
सिकाउँछौ मलाई होइन त ?

आमा हुँ ! कोसिस त गरेको हुन्छु
तिमीले भन्न खोजेका र भन्न नसकेका कुरा
मन बाट सुन्ने ...
तिमीलाई बुझ्ने .....

तिम्रो यात्रामा, कहाँसम्म हुन्छु...
थाहा छैन ।
अनेकौं भ्रमहरू आउनेछन् तिम्रो सामु
तिम्रो छाताभित्र नसमेटिने ...
तिमी भ्रमित हुन सक्छौं
डराएर लुक्न सक्छौ
तर म ढुक्क छु, मैले देखेको छु ।
तिमी लडेको, तिमीले जितेको ।

ADVERTISEMENT

हो, त्यसैले मलाई
आखाँमा सपनाहरू मर्न नदिएको
हरेकपलमा उत्साह भरेर
जीवनलाई प्रार्थानामय बनाउन प्रेरणा दिएको...

तिमी फरक छौ, कम्जोर छैनौ
आफ्नो पाइताला ले आफ्नै गति लिएर हिँडेको छौ
आफूले आफैंलाई उछिन्दै खुशी हुन्छौ ।

मरो लागि तिमी ...
निःशब्दभित्रको सशक्त शब्द हौ ।
तिम्रो यथार्थ मा जिन्दगी
न सहज न असहज
न हार न जित
न सुख न दुःख
अनुकूल न प्रतिकुल
अभिमन्यू जस्तै मैदान नछोडी लड्ने तिमी
मलाई तिमी जस्तै हुन सिक्नुछ ।

हो ! तिमी पाएर
जीवनलाई उत्सव जस्तैगरी जिउन सिकाएको छ ।
मेरो आमा मनले सम्पूर्ण खुशी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?