गीत-संगीतमा विक्रान्त

Read Time = 2 mins

काठमाडौं । नेपाली गीत-संगीतको क्षेत्रमा पृथक् पहिचान बनाउन सफल नाम हो विक्रान्त पोख्रेल । गायक, संगीतकार तथा गीत लेखनमा समेत उहाँले आफूलाई सक्रिय राख्दै आउनुभएको छ । पोख्रेल एक दशकदेखि यो क्षेत्रमा अनवरतरूपमा रहँदै आउनुभएको छ ।

गोरखा जिल्ला सिरानचोकका स्थानीय बासिन्दा विक्रान्त गीत-संगीतमा सक्रियसँगै व्यवसायमा पनि सक्रिय हुनुहुन्छ । नेपालका ख्यातिप्राप्त गायक-गायिका एवं संगीतकारसँग उहाँले सहकार्य गर्नुभएको छ । उहाँले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाबाट मान, सम्मान एवं पुरस्कार प्राप्त गर्नुभएको छ ।

ADVERTISEMENT

मीठा, गीति चेतनाले उम्दा र सबै वर्गका श्रोतालाई उत्तिकै मीठा लाग्ने कर्णप्रिय गीत-संगीत सिर्जना गर्न सीपालु विक्रान्तका दर्जनौँ गीतका पाण्डुलिपिमा कैद भए पनि केही गीतमात्र रेकर्ड भएर श्रोतामाझ आएका छन् । थोरै सिर्जना सार्वजनिक भए पनि उहाँका ती सिर्जनाले चर्चा पाएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत गोरखाका सदस्यसमेत रहनुभएका उहाँका ‘वनमा टाँकी छ’, ‘मेरो माया मार्‍यौ कि’ लगायत गीत चर्चामा छन् । यस्तै, उहाँको पछिल्लो समय सार्वजनिक भएको गीत ‘भिरमा टुनी छ’ले पनि श्रोता दर्शकको मन जितिरहेको छ । गीत-संगीत क्षेत्रमै निरन्तर लागिरहने बताउनुहुने उहाँ आफ्ना अन्य गीत पनि विस्तारै सार्वजनिक गर्ने योजना रहेको सुनाउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *