भुपेन्द्र र महेन्द्र सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ६३ केजी तौल समूहमा भुपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गर्नुभयो । सोही तौल समूहमा एपिएफका सोनाम सार्कीले कोशी प्रदेशका बलबहादुर पुन तथा बागमती प्रदेशका सागर दर्जीले मधेश प्रदेशका प्रज्ज्वल मगरलाई हराउँदै सेमिफाइनलमा पुग्नुभयो ।

पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समिर थापा, बागमतीका शुलभ मालीले मधेश प्रदेशका आयुशसिंह भण्डारी, सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महसुस बस्नेत तथा कोशीका सुरेन्द्र राईले एपिएफका पुरन राईलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

गणेशमान सिंह फाउण्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा मधेशका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित रच्दै सेमिफाइनलमा स्थान बनाउनुभयो । पुरुष ७१ केजीमा बागमतीका दावा छिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छाउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो ।

ADVERTISEMENT

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले एपिएफकी नाङ्जा बुढा मगर, कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी शारदा न्यौपाने, मधेशकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्टीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गर्नुभयो ।

महिला ५४ केजीमा बागमतीकी अञ्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपिएफकी सञ्जुमाया थिङले कर्णालीकी रोजिना रञ्जितकारलाई हराउँदै सेमिफाइनलमा पुग्नुभयो । महिला ५७ केजीमा एपिएफकी शर्मिला तामाङले कर्णालीकी सुशीला थापा, प्रहरीकी निशा तामाङले कोशीकी नारिका राई र बागमतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *