काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा फेरी एक स्थान माथि उक्लिएको छ ।
आइसिसीले बुधबार साँझ सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको हो ।
पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जीत हासिल गर्दै खेल सुधार गरे पछि १५ औं स्थानबाट एक स्थानमाथि उक्लिदै १४ स्थानको बरियता कायम गर्न सफल भएको हो । नेपाल भन्दा अघि वरियतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै परेको छ ।
नेपाल भन्दा अघि जिम्बावे १३ औं, स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन भने नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा रहेका छन् । नेदरल्याण्ड दुई स्थान तल झरेर १६ औं स्थानमा पुग्दा नेपाल एक स्थान माथी उक्लिएको हो ।
बरियतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच