कराँतेका पदाधिकारीलाई प्रमाणपत्र वितरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल कराँते महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाई तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा राखेपका पूर्वउपाध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उप-महासचिव पिताम्बर तिम्सिना, सचिव रामजीबहादुर श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

चैत १२ गते चितवनको पटियानीमा भएको महासंघको साधारणसभाले राखेपका पूर्वसदस्य-सचिव एवं कराँतेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले नयाँ नेतृत्वको चयनसँगै कराँतेमा रहेको विवाद सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्दै राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय सफलता दिलाएको कराँतेलाई परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?