काठमाडौं । गायक सचिन रौनियारको स्वरमा रहेको गीत ‘मरिहत्ते’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकारसम्मेलनको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । सन्तोष सुनारको शब्द र संगीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुंगानाको अभिनय छ ।
कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मालगायतको उपस्थिति थियो । निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ । बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक संघर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ । हरि हुमागाईंको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।






