✍️ ताराबहादुर बुढाथोकी
फागुन १८ गतेको अंकबाट क्रमशः
थोराङला पासबाट सुरु भएछ लोमान्थाङ गाउँपालिका । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमदेखि उत्तर तिब्बततर्फको ८६ किमी दूरीमा समुद्री सतहदेखि ३८५० मिटर (१२०० फिट) को उचाइमा रहेको छ लोमान्थाङ । हृयुदे र नाम्ग्याल नामका दुई ठूला गुम्बा छन् । २४० घरमा लगभग नौ सय जनसंख्याको बसोवास छ । ६० प्रतिशतमात्र बस्छन् । ग्रामीण पर्यटनका लागि महत्वपूर्ण मानिने ल्हो गाउँ विश्वसम्पदा सूचीमा प्रस्ताव गरिएको छ । भोट संस्कृति, बौद्ध दर्शन र हिमाली संस्कृतिको अनुभव र अध्ययन गर्न सकिन्छ ।
किल्ला वा पर्खालभित्र घेरिएको शहर भनेर चिनिएको ल्होमान्थाङ । चारैतिर सुख्खा डाँडाहरूले घेरिएको उपत्यका हो । १५औं शताब्दीतिर स्थापित यो बस्ती प्राचीन ल्हो राज्यको राजधानी पनि हो । थकाली जातिको मातृभूमि थाकखोलामा फरक भाषा बोल्ने गर्छन् । यहाँ तिब्बती र नेपाली संस्कृतिको संश्लेषण छ । उत्तरतर्फ चीनको स्वशासित क्षेत्र र दक्षिणमा मुस्ताङको डालोमे गाउँपालिका लामान्थाङको सिमाना हुन् । यहाँको आकर्षण पुरानो दरबार तीनवटा गुम्बाहरु हुन् । हावा बालुवा बोकेर आउँदो रहेछ, हिउँ बोकेर आउँदो रहेछ ।
हिमालभन्दा पारि परेको कारणले मनसुनी हावा पुग्दैन त्यो ठाउँ वृष्टि छायाँमा पर्छ । यहाँ नगण्य मात्रामा वर्षा हुन्छ । शीत मरुभूमिका रूपमा रहेको यो भूमि प्राचीन कालमा भारत, चीन, तिब्बत र भुटानबीच आवतजावत गर्ने नाकाको रूपमा थियो ।
मानिसहरू जोपाको छाला, पाखी आदि प्रयोग गर्दा रहेछन् । जोपा भनेको चाहिँ आधा याक र आधा चौँरी हो । एक-दुई जोपा देखिए तर धेरै दुब्ला र साना हुँदा रहेछन् । हरियो घाँस सपनामा मात्र देख्ने र विपनामा भने चिसो हावा बुकाउन विवश जोपाहरू बलिया के गरी हुनु र । राजदरवार परिसर डुल्ने सल्लाह भयो । बायाँपट्टि पर्खालबीचको गल्लीबाट पस्यौँ । दरबार अझै छ । अग्लो शायद चार तलाको थियो । झ्याल ढोका राखेर मजाले बनाएको । राजा भने काठमाडौं गएको बेला परेछ । भेट भएन तर तलामाथि एउटा निकै ठूलो प्रजातिको कुकुर खडा थियो । कुकुर पनि त्यत्रो त देखेको थिएन राजा कुकर हो राजा । दरबारको नाम पोटाला दरबार राखेको रहेछ ।
सन् १३८७ मा राजा अमेपालले स्थापना गरेको प्राचीन झम्पा गुम्बाका भित्ताहरूमा चित्र र अक्षरहरू स्वर्णाक्षरले अंकित आकर्षक र महŒवपूर्ण छन् । रजौटा उन्मूलनपश्चात पनि राजाकै रूपमा रहेका थिए जिग्मे पर्वल विष्ट । उनको आवासीय भवन ल्होमान्थाङ दरबारको आन्तरिक सजावट भव्य छ । दरबार भित्रपट्टि तिब्बतसँग भाषिक र सांस्कृतिक रूपमा तिब्तबाट प्रभावित छ । दक्षिण तेस्रोलाई थाक भनिन्छ । प्राचीन पुरातात्विक महत्वका सामग्री तथा ग्रन्थहरूको संग्रह पनि छ । अहिले पनि यहाँको सानोतिनो मुद्दा मामलाको फैसला यिनै राजाको मौखिक आदेशअनुसार हुन्छ । तिब्बती भाषा बोल्ने लेबाहरूकोमा बहुपति प्रथा पनि थियो । अति चिसो र शुष्क हावापानी हुनाले कष्टकर जनजीवन छ । यहाँका बासिन्दाहरूको प्रमुख पेशा पशुपालन, पर्यटन, व्यापार, कृषि हो । हिमालभन्दा पारि परेका कारणले मनसुनी हावा पुग्दैन त्यो ठाउँ वृष्टि छायाँमा पर्छ । यहाँ नगण्य मात्रामा वर्षा हुन्छ । शीत मरुभूमिका रूपमा रहेको यो भूमि प्राचीन कालमा भारत, चीन, तिब्बत र भुटानबीच आवतजावत गर्ने नाकाको रूपमा थियो ।
लोमान्थाङ गाउँलाई चतुष्कोणीय पर्खालले घेरिएको छ । यो पर्खालको लम्बाइ उत्तरदक्षिण २८० मिटर र चौडाइ पूर्व-पश्चिम १६० मिटर अनि उचाइ ८ मिटर रहेको छ । ५०/५० मिटरको अन्तमा १२ वटा बुर्जा बनाइएको छ र बुर्जाहरूलाई शत्रु निगरानी गर्ने पोष्टको रूपमा प्रयोग गरिन्थ्यो । पश्चिमी तिब्बतको माङ्ग्युल गुन्थाङ क्षेत्रका सेनापति आमेपालले सन् १४४० तिर आफूलाई ल्होमान्थाङ राज्यको राजा घोषणा गरी संस्थापक राजा बनेका थिए । १४४७ मा आमेपालको छोरा साङ्गोन साम्पो राजा भए । आमेपालले तिब्बतबाट साक्यपा सम्प्रदायका गुरु ङोर्छेन कुरुङ साङपोलाई झिकाई राजगुरु नियुक्त गरेका थिए ।
यिनैले प्रख्यात चाराङ गुम्बा बनाएका थिए । राजा रणबहादुर शाहका पालामा ल्होमान्थाङका १४औं पुस्ताका राजा वग्याल दोर्जेको कार्यकालमा एकीकृत नेपालभित्र गभिएको थियो । यो नेपालमा बिलय भए पनि उनको राजकीय पद राजा कायमै रहेको थियो । विसं २०१६ सालमा राजारजौटा उन्मूलन ऐन जारी गरिए पनि बझाङ, मुस्ताङ, सल्यान, जाजरकोटका राजाहरूलाई प्रतीकात्मक रूपमा भत्ता दिइन्थ्यो । नेपालमा गणतन्त्र स्थापनापछि राजा भन्ने संस्थाको अन्त्य भए पनि राजा अभिभाववकै रूपमा रहेका छन् । हालका राजा जिग्मे पर्वल सिंगे विष्ट विष्ट वंशका २३औं २५औं पुस्ताका राजा हुन् । यिनी ल्होमान्थाङ दरबारको माथिल्लो भागमा बस्छन् ।
एक अर्को प्रतिवेदनमा भनिए अनुसार विक्रम सम्बत् १४०० देखि १६०० काबीच समयमा उत्तरको नांग्रीसम्म रहेको पश्चिम तिब्बततर्फको सिमाना हाल खुम्चेर कोरालामा रहेको छ । उपल्लो मुस्ताङमा लुवा, गुरुङ, विष्ट र ठकुरीको बसोवास छ । लोमान्थाङ समुद्री सतहदेखि ३७२० मिटर उचाइमा छ । लोमान्थाङलाई २ मिटर फराकिलो, आठ मिटर अग्लो पर्खालले उत्तरदक्षिण २८० मिटर र पूर्व-पश्चिम १६० मिटर गरी लगभग ४५ वर्ग किमी क्षेत्रफल घेरिएको छ । यस पर्खालभित्र लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटैमात्र ढोका छ । संसारमा कहीँ कतै यसप्रकारको बस्ती अस्तित्वमा नरहेको दाबी गरिन्छ । जुम्लाका खसको अधीनस्त लोमान्थाङ केही समय तिब्बतको गुरुङथानको अधीनस्त पनि रहृयो । विसं १४९७ मा आमपालले लोमान्थाङलाई आफ्नो अधीनमा लिए । १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेको लोमान्थाङ १८४६ मा रणबहादुर शाहले नेपालको अधीनमा रहेको पञ्जापत्र प्रदान गरे । २०७४ सालबाट यहाँ रजौटा शासन अन्त्य गरिएको हो भनिए पनि अझै सांस्कृतिक राजा कायम छ ।
दायाँपट्टि खोलापारि प्राकृतिक पोटाला महल अनि गाउँहरू देखिए । कुनै राजा वा आदिवासी महान् पुर्खाहरूले भित्तामा खनेर, कुँधेर बनाएका दरबारहरू बाटोका किनाराबाट देखिन्थे । आज पनि मान्छेहरू त्यसैको आकृतिसँग बाहिर थोरै पवेशद्वार र पिँढीहरू थपेर बसेका रहेछन् ।
गणतन्त्रले राजा हटाएको मलाई यहाँ आएर चाहिँ मन परेन । बेखबर, गुमनाम हिमालपारिको मरुभूमिमा राज्य गरेर बसेको राजा । उनैले वालसिटी बनाएर बचाएको राज्य । एकीकरण गर्दा पनि जमिनमुनि युरेनियम बोकेको यो भूमि सर्लक्क दिएर रजौटा बन्न स्वीकारेको । सबैतिर हिमालपारि चीनको भूभाग छ, मनाङ र मुस्ताङ भने हिमालपारि नि नेपाल हुनु । गणतन्त्रवादीहरूको पहुँचको कुरा होइन । यिनै रजौटाले बचाइदिएका थिए र पो नेपालको भयो । दिनु नि रजौटा भत्ता । आफैंमात्र सत्ता चलाउने बानी परेकाहरूले के दिन्थे र ! वनस्पतिको नाममा श्री ५ महेन्द्र अन्नपूर्ण प्रकृति संरक्षण कोषले उहिल्यै रोपेका भेटेसल्ला ठाउँठाउँमा ठिङ्ग उभिएका रहेछन् । मरुभूमिलाई हरियाली दिन्छु भन्दै पालुवा फेरेका पातहरू पहेंलिन विवश । पुच्कालाई जरैसमेत उठाएर छानामाथि उत्तानो पारेर राखिएको देखियो । जिज्ञासा राख्दा रमेश सरले भन्नुभयो, ‘यो हिउँ परेका बेलालाई दाउरा हुन्छ सर ।’ मुस्ताङी राजा जिग्मे पर्बल सिङ्गे विष्टको दरबार, बौद्ध गोम्बा र रमाइलो बजार ।
केहीबेर चिसो सिरेटोसँग जोपाको छाला ओडेर पर्खालमाथिबाट गाउँको मस्तिर आइपुगेको हिउँको दोसल्ला नियाली रहेँ । बसले हर्न लगायो । साथीहरू चाइना बोर्डर जाने गरी बस चढिसक्नुभएछ । हेडसरले झ्यालबाट हात निकालेर इशाराले बोलाए । म पनि छिरेँ । हामी छड्के सतहबाट रकेटमा चढेर शनैः शनैः आकाशतिर उकालिँदै थियौँ । अस्ताउँदो सूर्यको प्रकाश हिमालतिर उक्लेर परावर्तन हुँदै थियो । परिस्थिति साँझको खोकिलाभित्र हराउँदै थियो । हाम्रो चाहनामा उज्यालो थपिँदै थियो । चीनको सिमाना जाने हाम्रो रहरहरूलाई अवरोध गर्न डाँडाहरू तुषाराले हल्का छोपिएझैँ देखिन थाले । क्रमशः माटोका पहाडहरू कनिकाले छोपिएझै देखिन्थे । दायाँपट्टि खोलापारि प्राकृतिक पोटाला महल अनि गाउँहरू देखिए । कुनै राजा वा आदिवासी महान् पुर्खाहरूले भित्तामा खनेर, कुँधेर बनाएका दरबारहरू बाटोका किनाराबाट देखिन्थे । आज पनि मान्छेहरू त्यसैको आकृतिसँग बाहिर थोरै पवेशद्वार र पिँढीहरू थपेर बसेका रहेछन् । लोमान्थाङको एउटा गाउँ रहेछ पोटाला । हामी भएपट्टि चिल्लो सडक, बीचमा फिँजिएर बगेको सानो खोला, पारिपट्टि फाँटिलो मैदान अनि पल्लो छेउका भित्ताभरि छोसेरझुङको पाँचतले गुफा नजरमा आयो ।
गुफाहरू बाहिरबाट हेर्दा पहाडको अग्लो ढिस्कोमा पहाडका ससाना खोपाजस्ता देखिन्छन्, ती खोपाहरूभित्रका कोठाका झ्यालका रूपमा रहेका छन् । भ्यान्टिलेसनका लागि स-सना बाटा वा करिडर समेत बनेका छन् । यसलाई विदेशीहरू ‘केभ भिलेज’भन्दा रहेछन् । पहिले एउटा सिंगै गाउँ बसोवास गथ्र्यो भन्ने अनुमान गरिन्छ । पुराना भाँडाकुँडा, मानव प्रयोगका वस्तुहरू र मानव अस्थिपञ्जर अद्यापि सुरक्षित राखिएको छ । सुन्दर प्राकृतिक ताजमहल जहाँ शाहजाँहा र मुमताज प्रेमको संसार रचेर बाँचिरहेछन् । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच