बलात्कार आरोपमा २ जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बाँके र मोरङमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।  बाँकेमा  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई प्रहरीले पक्राउ गरेको छ ।

लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

मोरङमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका-५ बस्ने ४५ वर्षीय दिपक बहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डेले ती महिलालाई गत कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?