अख्तियारद्वारा विशेषको फैसलाका चार मुद्दा सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतबाट फैसला भएका चारवटा मुद्दा सम्बन्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस/रिसवत गरी चारवटा मुद्दामा आयोगको निर्णयानुसार मंगलबार पुनरावेदन गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस/रिसवत गरी ४ (चार) वटा मुद्दाहरूमा आयोगको निर्णयानुसार मिति २०७९।११।२९ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ,’ अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ADVERTISEMENT

चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जैसवाल प्रतिवादी भएका घुस रिसवतसम्बन्धी तीन छुट्टाछुट्टै मुद्दा र मेघनाथ रेग्मी प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज