ललितपुर । ललितपुरको सुनाकोठीमा स्थापना गरिएको संसारकै सबैभन्दा अग्लो दाबी गरिएको भीमसेन मूर्तिलाई लिएर बनाइएको गीतको भिडियो सार्वजनिक भएको छ । सुनाकोठीका ९८ वर्षीय ज्येष्ठ महिला धनमाया महर्जनको समुपस्थितिमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भिडियोको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा सुनाकोठी समाज परिवारका अध्यक्ष विनोद डंगोलले मच्छेगाउँको एउटा खोचबाट ल्याइएको ६० टनको सिंगो ढुंगाबाट धेरै मिहिनेतपछि मूर्ति बनाउन सफल भएको जानकारी गाराउनुभयो । सिने पत्रकार विजयरत्न असंबरेले म्युजिक भिडियोको समिक्षात्मक गर्नु भएको थियो भने सुरेन्द्र तुलाधरले भिडियो निर्देशन गर्दाको अनुभव सुनाउनुभयो ।
रूपेश डंगोलको शब्द, संगीतमा तयार भइको गीतको भिडियोमा मह जोडीको साथमा गायकहरू प्रवेशमान शाक्य, जेम्स प्रधान, बबिन प्रधान, भीम तुलाधर, ज्योति घिमिरे, बुद्ध सायमी, सचिन रौनियार, भुपेन्द्र बज्राचार्य, विजय गुरुङ, कविन्द्र श्रेष्ठ, यमन श्रेष्ठ, रूपेश डंगोल र लसता जोशीले स्वर दिनुभएको छ । भिडियोको छायांकन साथै दृश्य सम्पादन सोहन मानन्धरले गर्नुभएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता