सोसियल मिडिया फिल्म अवार्ड सम्पन्न

Read Time = 6 mins

काठमाडौं । सोसियल मिडिया फिल्म अवार्ड सम्पन्न भएको छ । आइतबार चलचित्र विकास बोर्डमा यो अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङलगायतले उहाँलाई खादा, फूलमाला र सम्मान पत्रले सम्मानित गर्नुभएको थियो ।

सामारोहमा चलचित्रका कला निर्देशक निर्जल श्रेष्ठलाई ‘सोसल मिडिया कला सम्मान २०७९’ले सम्मानित गरिएको थियो भने पत्रकार पारमणि पौडेललाई ‘युवा पत्रकारिता पुरस्कार २०७९’बाट समानित गरिएको थियोे । पत्रकारलाई पौडेललाई नगद १५ हजार ५५५ सहित सम्मानित गरिएको थियो ।

ड्रिमवल्र्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेडले आयोजना गरेको अवार्डमा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्‍यो । वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘वेष्ट सट फिल्म अफ द इयर’ को अवार्ड पाएको हो । यो लघुचलचित्रमा माओवादीकालको द्वन्द्वमा आधारित कथावस्तु समेटिएको छ ।

ADVERTISEMENT

समारोहमा उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले अवार्ड प्राप्त गरेका थिए । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले जानकारी दिनुभयो । उहाँले पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ले पाएको इतिहास रहेकाले लघुचलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
फोटोग्राफर राजभाइ सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायक रहेको अवार्डमा आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समूहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहनुभएको थियो ।

अवार्डमा उत्कृष्ट छोटो चलचित्र बादलको गीत, उत्कृष्ट निर्देशक अंकित पौडेल (बादलको गीत), उत्कृष्ट सम्पादक दीपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल), उत्कृष्ट स्क्रिनप्ले बालोन (जोन योन्जोन), उत्कृष्ट सिनेमेटोग्राफर राजेन्द्र पाल (भबिहिन), उत्कृष्ट ध्वनि डिजाइन किशोर आचार्य (बादलको गीत), उत्कृष्ट अभिनेता हिमाल खड्का (पेन्सिल), उत्कृष्ट अभिनेत्री काव्य आचार्य (रत्नपार्क), उत्कृष्ट स्वदेशी फिल्म के (सागर केरुङ), उत्कृष्ट दस्तावेज लदी पूजा (विन्दु कुमारी माझी), वेष्ट युट्युब भिडियो कोरोना हर्णे देवी (अशोक बस्नेत), उत्कृष्ट एनिमेटेड भिडियो सियाल र सिंहको कथा (विशाल लोहानी), उत्कृष्ट देशभक्ति संगीत भिडियो एक्स ब्यान्ड, मातो पानी (शिव मुखिया), सर्वश्रेष्ठ सामाजिक भिडियो रहरै भो (उत्सव केसी), प्रोत्साहन पुरस्कार : छोरी (सुरेन्द्र थापा), उत्कृष्ट चलचित्र निर्माता महिला गंगा (मेरोन राज भण्डारी), उत्तम सन्देश कलुवा (अम्बिका भण्डारी), क्रिएटिभ फिल्म अफ द इयर बालुन बलोन (जोन योञ्जन), जूरी पुरस्कार नाफुलेको फूल, जुरी अवार्ड (स्वदेशी फिल्म) मोहिनी नखा र उत्कृष्ट चलचित्र बाल विषयवस्तु पेन्सिल बन्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *