मिर्गौलाको चार अवैध कारोबारी दोषी ठहर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्षअघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चारजनालाई दोष ठहर गरेको छ । अदालतले सोही मुद्दाका बाँकी १५ जनालाई भने सफाइ दिएको छ । न्यायाधीश धर्मराज पौडेलको इजलासले गत २५ माघमा सुनाएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागिदार भन्दै अन्यलाई भने सफाइ दिएको हो ।

ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र लुईंटेलका अनुसार सो मुद्दामा एक नाबालकसहित कुल १९ जना आरोपित रहेकोमा चारजनालाई कसुर ठहर हुने फैसला भएको छ । दोषी ठहर हुनेमा नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नगरपालिका-३ का सन्तोष राई, दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नगरपालिका-९ की गीतादेवी बतास रहेका छन् ।

ADVERTISEMENT

नाम परिवर्तित बबरमहल-२८ संकेतका अंग ग्रहणकर्तासमेत रहेका लेनदेनको तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका-९ की रेश्मा राईलाई दोषी ठहर गरेको छ । बाँकी १५ जनामध्ये एकजना प्रतिवादीको मृत्यु भएकाले उनको मुद्दा खारेज भएको र अन्य १४ जनाले सफाइ पाएको सूचना अधिकारी लुईंटेलले जानकारी दिनुभयो । सफाइ पाउने मानव अंग प्रत्यारोपण स्वीकृत समितिका संयोजक डा. बालकृष्ण कालाखेती, मेडिकल कलेजका प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, मेडिकलका कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले रहेका छन् । त्यस्तै, कलेजमा कार्यरत डा. भूषण तिमल्सिना, डा. राकेश बर्मा, ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका नवराज केसी र रामकुमार केसी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?