सन्दीप र आशिफको मद्दतमा पीएनजीमाथि नेपालको शानदार जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७।१ ओभरको समाप्तिमा २४५ रन जोड्दै अलआउट भयो । योसँगै नेपाल ५२ रनले विजयी भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको थियो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।

ADVERTISEMENT

नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरेका थिए ।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप सापकोटाले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *