काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंको आदेशमा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेकाले चारवटा मुद्दाहरू सर्वोच्चमा २३ फागुनमा पुनरावदेन गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानि, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, राजस्व हिनामिना र गलत लिखतसम्बन्धी गरी चार वटा मुद्दाहरूमा आयोगको निर्णयअनुसार मिति २०७९/११/२३ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ,’ आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता